| Press Release |
|
|
के हो मास हिस्टेरिया ?काठमाडौं – हिस्टेरिया भन्ने शब्दलाई आजकल मनोरोग विशेषज्ञहरुले त्यति प्रयोगमा ल्याउँदैनन् । हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्यासँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । केही वर्षएतादेखि डिस्सोसियटिभ डिसअर्डर नै मानसिक रोगसम्बन्धी पुस्तकहरुमा हिस्टेरियाको पर्यायवाची शब्द बनेको छ । पाठकहरुलाई बुझ्न मजिलो होस् भन्ने उद्देश्यले यस लेखमा हिस्टेरिया शब्द नै प्रयोग गरिएको छ । कुनै पनि व्यक्तिलाई हिस्टेरिया हुनुमा त्यस व्यक्तिमा अन्तरनिहित विचार, अनुभूति र कारबाहीमा भइरहेको सामञ्जस्यतामा गडबडी हुनु हो र साधारण व्यक्तिलाई पनि सम्मोहनको मद्दतद्वारा यस स्थितिमा पुर्याउन सकिन्छ । किन हुन्छ हिस्टेरिया ? हिस्टेरिया एउटा यस्तो मनोवैज्ञानिक कवच हो जसलाई बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखियो भने उक्त व्यक्ति केही न केही मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणमा हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्त्व दिएको देखिन्छ । विभिन्न कारणहरु जस्तै- कुनै दुर्घटना, बालबालिकाहरुको यौनशोषण, हिंसात्मक घटना तथा अन्य कतिपय घटना हिस्टेरियाको कारण हुन सक्छ । झन् त्यसमाथि यस किसिमको घटना विभिन्न कारणले गर्दा साथी तथा परिवारजनसँग बताउन नसक्दा रोग लाग्ने सम्भावना बढी हुन्छ । साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यस क्रममा मानसिक द्वन्द्वको ‘फोकस’ पत्ता लगाउन मनोविशेषज्ञहरुले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले हुन सक्छ । हिस्टेरियाका लक्षणहरु हिस्टेरियामा एकमात्र नभएर विभिन्न लक्षणहरु लिएर बिरामी आउन सक्छन् । यस्ता बिरामीले मुर्छा पर्ने, बिर्सिर्ने, घरबाट टाढा भाग्ने गर्न सक्छन् । साथै रुने, कराउने, काम्ने, फिँज काढ्ने, उत्तेजित हुने, बर्बराउनेजस्ता विभिन्न किसिमका असामान्य व्यवहारहरु पनि बिरामीले देखाउन सक्छन् । कतिपय बिरामीले आफूलाई भगवान्को रुप र भगवान्को अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् । मास हिस्टेरिया के हो ? माथि उल्लिखित हिस्टेरियाले कुनै समुदाय, गाउँ, स्कुल, कलेज तथा अन्य ठाउँमा एकै पटक धेरै जनालाई आक्रान्त पार्छ भने यो मास हिस्टेरिया हुन जान्छ । नेपालमा मास हिस्टेरिया बेलाबखत विभिन्न जिल्लामा विशेष गरेर स्कुलमा देखा परिरहने गर्छ । दक्षिण एसियाका धेरै देशहरुमा यो समस्या बेलाबेलामा देखिन्छ । साथै पश्चिमी देशहरुमा पनि सदियौंदेखि मास हिस्टेरियाका विभिन्न उदाहरणहरु देखिएका छन् । कुनै बेला लाखौंको संख्या मास हिस्टेरियाको सिकार भएका देखिन्छन् । नेपालको परिप्रेक्षमा हेर्ने हो भने विगतमा धेरै संख्या यो रोगबाट आक्रान्त भएका देखिएको छ । विशेषगरी मास हिस्टेरिया एक किसिमको कृत्रिम त्रास जनमानसमा उब्जिएपछि हुने गर्छ । यस किसिमको त्रास धार्मिक, राजनीतिक, स्वास्थ्यसम्बन्धी अथवा कुनै पनि हुन सक्छ । यो त्रास र भयको सिकार एक जनालाई भएपछि लगातार थुप्रै व्यक्तिहरुलाई हुन सक्छ । एउटा कुनै सानो घटना बढाई(चढाई गरेर जनमानसमा पुगेपछि पहिलेदेखि नै निरीह बनेको समुदायमा यसको असर बढी देखिन सक्छ । मास हिस्टेरियालाई मास सोसियोजेनिक इलनेस (Mass Sociologenic Illness) पनि भन्न सकिन्छ । यस किसिमको रोगको स्रोत पनि समाज, सामाजिक र राजनीतिक कार्यकर्ता, उच्च अधिकारी, धार्मिक नेता र सञ्चार माध्यमहरु हुन सक्छन् । यस समस्यालाई बढाउन अथवा समस्या समयमै निराकरण गर्न जनसमुदायको अत्यन्त ठूलो भूमिका हुन्छ । अन्धविश्वास र मास हिस्टेरिया अन्धविश्वास, कुरीति, चेतनाको कमी नै हाम्रोजस्तो देशमा मास हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देउता लागेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतहरुमाथिको अन्धविश्वासले गर्दा यो रोग लाग्न मात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ । मास हिस्टेरियाको उपचार सर्वप्रथम कुनै व्यक्तिलाई माथि उल्लिखित लक्षण देखा पर्यो र अरुलाई पनि चाँडोचाँडो त्यस्तै किसिमका लक्षणहरु देखा परेमा सर्वप्रथम त त्यस संस्था अथवा ठाउँको प्रमुख व्यक्तिको ठूलो भूमिका हुन्छ । जस्तै - स्कुलमा यस किसिमका समस्या देखिनेबित्तिकै स्कुलको प्रिन्सिपलले अत्यन्त संयमित भई पटक-पटक यसबारेमा तथ्य सूचना प्रवाह गरिरहनुपर्छ र आफै व्यक्तिगतरुपमा उपस्थिति भई हौसला प्रदान गर्नुपर्छ । स्कुल प्रशासनको गलत सूचनाले समस्या जटिल भई समाधानमा विभिन्न व्यवधान आउन सक्छ । समयमै विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ । उपचारका क्रममा बिरामी मात्र नभएर उनीहरुका सहपाठीहरु तथा शिक्षक, अभिभावक, समुदायको पनि उपचारमा ठूलो योगदान हुन्छ । कुनै त्रास, भय, हल्ला अथवा कुनै त्यस्तै कुराहरुले समस्या गरिरहेको छ भने सर्वप्रथम त्यस्ता कुराहरुलाई निषेध गर्नपट्टि ध्यान दिनुपर्छ । कारणवश त्यस समुदायमा निरीहपन हाबी भएको छ भने त्यसको कारण पत्ता लगाई निराकरण गर्न कोशिश गर्नुपर्छ । साथै बिरामीलाई उचित परामर्श र औषोधोपचार सुरु गर्नुपर्छ । यो समस्या दोहोरिन नदिन र कतै देखिइहाले पनि यसको चाँडै निराकरण गर्नका लागि शिक्षक, विभिन्न समुदायका अगुवाहरु र आमजनताले व्यापक चेतना जगाउनुपर्ने देखिएको छ । सञ्चारकर्मीहरुको त यसमा अहम् भूमिका रहने गर्छ ।
Passive Smoking is Major Health Hazard to Children
A recent report by the Tobacco Advisory Group of the Royal College of Physicians* found that passive smoking is a serious hazard to the health of millions of children in the United Kingdom . The report summarizes data from hundreds of existing studies and includes new research that quantifies how damaging passive smoking in the home is to children, and the harm done to the fetus by maternal smoking.
Findings · Among children in the United Kingdom, exposure to secondhand smoke is estimated to cause: · Over 20,000 cases of lower respiratory tract infection · 120,000 cases of middle ear disease · At least 22,000 new cases of wheeze and asthma · 200 cases of bacterial meningitis · 40 sudden infant deaths (SIDS) – one in five of all SIDs
· Each year, these cases of death and disease lead to over 300,000 UK doctor consultations and approximately 9,500 hospital admissions. The cost to the UK National Health Service amounts to: · at least £9.7 million each year in UK primary care visits and asthma treatment · £13.6 million in UK hospital admissions · £4 million on asthma drugs for children up to the age of 16
· Future treatment costs of those who take up smoking as a consequence of exposure to smoking by parents could be as high as £5.7 million each year.
Selected Report Recommendations · The most effective means of protecting children from passive smoking is to reduce the prevalence of smoking among adults, and particularly parents and other carers. · Reducing smoking prevalence among adults will require sustained increases in the real price of tobacco, further investment in mass media campaigns targeting smoking in younger adults, more effective health warnings, prohibition of point of sale display, mandatory generic standardised packaging, provision of tailored cessation services, and a range of other policies. · Further investment in these and other comprehensive tobacco control strategies will yield significant future financial savings and health benefits to society through prevention of passive smoking in children and uptake of smoking by those exposed to passive smoking.
Key Messages · There is no safe level of exposure to secondhand smoke. · Childrens’ health is at risk from exposure to secondhand smoke. · Governments around the world have the responsibility to protect their citizens from the dangers of secondhand smoke by enacting comprehensive smoke-free laws that include all workplaces and public places, including restaurants and bars.
Full citation: Royal College of Physicians. Passive Smoking and Children: A report by the Tobacco Advisory Group of the Royal College of Physicians. London: Royal College of Physicians; 2010. Increasing Tobacco Taxes is A Healthy Solution for U.S. State Budget Crises
A new report in the United States found that a $1 USD per pack increase in cigarette taxes could raise more than $9 billion USD in new annual revenue, while reducing smoking and saving lives. The report titled, Tobacco Taxes: A Win-Win-Win for Cash-Strapped States, was released by the Campaign for Tobacco-Free Kids, American Cancer Society Cancer Action Network, American Heart Association, American Lung Association and the Robert Wood Johnson Foundation.
The U.S. is made up of 50 states and the District of Columbia (DC). A $1.01 USD federal tax is imposed on cigarettes and states can impose additional state cigarette taxes. The new report details the revenue and health benefits to each state from increasing state cigarette tax by $1 USD per pack.
Findings If every U.S. state and Washington , D.C. increased its cigarette tax by $1 USD per pack, they would: · Raise $9.1 billion USD in new annual revenue · Prevent more than 2.3 million kids from becoming smokers · Prompt more than 1.2 million adult smokers to quit · Prevent more than 1 million premature, smoking-caused deaths · Save $52.8 billion USD in health care costs
A national poll of registered adult voters found that: · 67% of voters favor a $1 USD per pack increase in the state tobacco tax · 60% of voters prefer raising the state tobacco tax to other options for addressing state budget deficits · 59% of voters prefer a candidate for state office who supports the tobacco tax over one who opposes it
Key Messages · Raising tobacco taxes is the single most effective way to reduce tobacco use and save lives. · Higher tobacco taxes target our most vulnerable populations, preventing youth from starting to smoke and helping low-income populations quit. · Higher tobacco taxes increase government revenues, even with reduced consumption. · Increased revenue from tobacco taxes can provide the government with funds for other tobacco control efforts, further reducing tobacco use and saving lives.
Additional Information · The current average state cigarette tax is $1.34 USD per pack, with rates ranging from a low of $0.07 in South Carolina to a high of $3.46 USD in Rhode Island . · The report’s projections are based on research findings that in high income countries every 10% increase in cigarette prices reduces youth smoking rates by about 6.5%, adult smoking rates by 2%, and total cigarette consumption by 4%.
|


हिस्टेरिया एउटा यस्तो मनोवैज्ञानिक कवच हो जसलाई बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखियो भने उक्त व्यक्ति केही न केही मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ ।